नेपालगन्जको पुष्पलाल चोकमा राखिएको शंकास्पद बस्तु बम भएको पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालगन्जको पुष्पलाल चोकमा राखिएको शंकास्पद बस्तु बम भएको पुष्टि

नेपालगञ्ज, २९ कात्तिक । नेपालगञ्जको पुष्पलाल चोकमा राखिएको बम ३ घण्टाको लामो प्रयासपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ ।

आज विहान करीब ११ बजे प्लाष्टिकमा राखिएको शंकास्पद बस्तु फेला परेको थियो । सो बस्तु के हो भन्नेमा शंका थियो । उक्त बस्तु स्थानीयले फेला पारेपछि तत्काल प्रहरीलाई खवर गरेका थिए ।

वम राखिएको आशंकामा नेपाली सेनाको टोलीले निरीक्षण गरिसकेपछि करीब २ किलोमिटर टाढा वाटरपार्क लगेर डिस्पोज गरिएको छ ।

बम राखिएको ठाउँमा कमाण्डो ग्रुप नामको पर्चामा भेटिएको छ । शक्तिशाली पि ३ बम भएको उल्लेख गरिएपनि जि.आईपाइप बम रहेको नेपालगंजको राँझा स्थित नेपाली सेनाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);