अर्घाखाँची, ललितपुर र पोखरामा बम फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अर्घाखाँची, ललितपुर र पोखरामा बम फेला

Bomb

काठमाडौं, १० असार । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको दुई स्थानमा सकेट बम फेला परेको छ । मंगलबार विहान वडा नम्बर ५ को वडा कार्यालयमा राखिएको सकेट बम सन्धिखर्कको नेपाली सेनाको रामबाण गुल्मध्वारा डिस्पोज गरेका छन् ।

यसैबीच, वडा नम्बर ७ रातापोखरामा जेसिभी डोजरमा झुन्डिएको अबस्थामा सकेट बम फेला परेको छ । डिस्पोजको लाािग नेपाली सेना तैनाथ रहे पनि डोजरमा क्षति हुने भएकोले डिस्पोज हुन सकेको छैन ।

ललितपुरको जावलाखेलस्थित खेल मैदान नजिकै बम भेटिएको छ । विप्लव समूहका कार्यकर्ताले राखेको प्रेसर कुकर बम भेटिएको हो ।
प्रहरीका अनुसार खेल मैदान अगाडी होटलको सटरमा भेटिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

त्यस्तै,पोखरा छिर्ने मुख्य नाका विजयपुर पुल नजिकै प्रेसर कुकर बम भेटिएको छ । अन्य दुई छुट्छाछुट्टै ठाउँमा पनि शंकास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बैदाम र तालचोकमा पनि शंकास्पद बस्तु भेटिएको छ । कडा सुरक्षाकाविच विजयपुरमा भेटिएको बम डिस्पोज तयारी थालेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);