काठमाडौंको तीनकुनेमा राखिएको शंकास्पद बस्तु निष्क्रिय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौंको तीनकुनेमा राखिएको शंकास्पद बस्तु निष्क्रिय

काठमाडौं, ८ फागुन । काठमाडौंको तीनकुनेस्थित बागमती पुलमा मंगलबार विहान भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

मंगलबार दिउँसो नेपाली सेनाको बम डिस्पोजक टोलीले सो शंकास्पद बस्तु निष्क्रिय पारेको हो । त्यस क्रममा सो शंकास्पद बस्तु ठूलो आवाजमा पड्किएको थियो ।

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्दको आह्वान गरेकाले सो शंकास्पद बस्तु सर्वसाधारणलाई त्रसित गराउन सोही पार्टीका कार्यकर्ताले राखेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । शंकास्पद बस्तु भेटिएपछि करिव २ घण्टा सो क्षेत्रको सवारी साधनको आवागमन प्रभावित भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);