कस्तो छ देशभर 'विप्लव'ले गरेको बन्दको प्रभाव ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कस्तो छ देशभर ‘विप्लव’ले गरेको बन्दको प्रभाव ?

bomb atanka

काठमाडौं, २९ साउन । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा सामान्य असर परेको छ । आफ्नो प्रभाव र डर कायम राख्न सो पार्टीले ठाउँ–ठाउँमा बम राखेको थियो । कतिपय ठाउँमा नक्कली बम समेत फेला परेको छ ।

मंगलबार नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको सामान्य प्रभाव परेको छ । जबर्जस्ती चन्दा असुलेको आरोपमा पक्राउ परेका आफ्ना प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई रिहाइको माग गर्दै नेकपाले गरेको बन्दमा विभिन्न स्थानमा बम फेला परेका छन् ।

काठमाडौँको सुन्दरीजल स्थित नयाँपाटीमा प्रेसरकुकुर बम फेला परेको थियो । उक्त बम नेपाली सेना र नेपाल प्रहरीको टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । त्यस्तै काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित सतुंगलमा, बल्खुस्थित खसीबजार र नागढुंगामा पनि बम फेला परेको छ ।

त्यस्तै ललितपुरको कुपन्डोल स्थित ज्वागलमा शंकस्पद बस्तु भेटिएको थियो । भक्तपुरको सूर्यविनायक र लोकन्थलीमा पनि प्रेसर कुकर बम फेला परेको थियो । उता चितवनमा स्कुल बस र ट्रकमा आगजनी गरिएको छ । नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ ।

हेटौँडा–११ नवलपुरमा शंकास्पद वस्तु फेला परेको छ । नवलपुरको गैंडाकोटमा दुईवटा ट्रकामा आगजनी गरिएको छ । कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

झापाको गौरादह नगरपालिका–७ वडा कार्यालयनजिक बम विस्फोट भएको छ । ग्वालडुब्बा बजार पूर्वतर्फ रहेको वडा कार्यालय भवननजिकै बम विस्फोट भएको हो । बाजुराको बडिमालिका नगरपालिकाको मुल गेटमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलिले निष्कृय पारेको छ । सिन्धुपाल्चोकको मेलम्ची १३ फटकेसोरमा फेला परेको बम पनि नेपाली सेनाले डिस्पोज गरेको छ । त्यस्तै रौतहटको चन्द्रनिगाहपुर बजारमा पनि बम फेला परेको छ ।

बन्दका क्रममा काठ्माडौ उपत्याकामा सवारी साधान चले पनि बाहिरि जिल्लामा भने कम चलेका थिए । बन्दका क्रममा विभिन्न ठाउँमा बम फेला परेपछि सुरक्षाको लागि बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);