काठमाडौं, २९ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले गरिब जनतालाई करको मारमा पारेको दाबी गरेका छन् ।
अर्थसमितिको मंगलबारको बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले गरिव जनतालाई सेवा र सुविधा बढाउने काममा केन्द्रित हुन सरकारलाई आग्रह गरे । जनताको कर तीर्ने क्षमता विकास गर्नुको सोटो मनोमानी कर तोकेर गरिब जनतालाई मारमा परेको उनँको टिप्पणी छ । उनँले कर निर्धारणको प्राथमिकतालाई समयानुकूल परिमार्जन गर्दै लैजान पनि सरकारको ध्यानाकर्षण गराए ।




