बकर इदमा सार्वजनिक विदा दिन मुस्लिम समुदायद्वारा सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बकर इदमा सार्वजनिक विदा दिन मुस्लिम समुदायद्वारा सरकारको ध्यानाकर्षण

idddddd

काठमाडौं, २९ साउन । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मुस्लिम समुदायको पर्व बकर इदमा सार्वजनिक विदा दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मंगलबार बिहान प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउँदै बकर ईदमा सार्वजनिक विदा दिन पुनः ध्यानाकर्षण गराएको हो । मुस्लिम समुदायले खुशीयालीकासाथ आफ्नो पर्व मनाउने अधिकार सुरक्षित गर्न सार्वजनिक विदा दिनुपर्ने गठबन्धनका नेताहरुको माग छ ।

भेटमा प्रधानमन्त्री ओलीले बकर इदमा विदा दिने आश्वासन दिएका राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका संयोजक शमीम मियाँ अन्सारीले जानकारी दिए । आगामी भदौं ६ गते बुधबार बकर इद पर्व मनाईंदै छ । सरकारले बकर ईदमा दिने गरिएको सार्वजनिक विदा कटौति गरेपछि मुस्लिम समुदाय रुष्ट हुँदै आएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);