आज मुस्लिम धर्मावलम्बीहरुको बकर इद, सार्वजनिक बिदा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

काठमाडौं, १८ भदौ । आज मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्ब बकर इद ।  आज मुस्लिम धर्मावलम्बीहरू बिहानै सफा भइ नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेर आपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्दछन्।

 

ईदको अवसरमा काठमाडौंको दरबारमार्गमा रहेको नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बी भेला भएका छन् । बकर ईद रमजान पर्वको ७० औं दिनमा मनाउने गरिन्छ ।

 

तीन दिनसम्म मनाइने यो पर्वमा खसी भेडा राँगा लगायतको बली दिएर मासुलाई तीन भाग लगाई एक भाग आफूलाई, एकभाग आफन्तलाई र बाँकी रहेको एक भाग दिनदुखीलाई दिने प्रचलन रहेको छ। बकर इदको अवसरमा आइतबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);