बिहेका लागि केटी हेर्न जाँदा जिप दुर्घटनामा परी मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बिहेका लागि केटी हेर्न जाँदा जिप दुर्घटनामा परी मृत्यु

accident

सोलुखुम्बु, १७ भदौ । सोलुखुम्बुको दूधकोशी गाउँपालिका वाकुका ल्हाक्पा देण्डी शेर्पाको विवाहका लागि केटी हेर्न जाने क्रममा जिप दुर्घटनामा परी मृत्यु भएको छ ।

 

२९ वर्षीय शेर्पाको केटीको घर पुग्नै लाग्दा जिप दुर्घटनामा परी मृत्यु भएको आफन्तले बताएका छन् । ना १ ज ५६७८ नम्बरको जिपमा ११ जना यात्रु सवार थिए । जसमध्ये शेर्पाको मृत्यु भएको छ भने अन्य ४ जना गम्भीर घाइते भएका छन् ।

 

गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको ओखलढुंगाका प्रहरी नायब उपरीक्षक अर्जुन तिमल्सिनाले जानकारी दिए ।

 

विहेका लागि केटी हेर्न जाँदा सडक दुर्घटनामा परेर केटाको मृत्यु भएपछि केटी पक्षका परिवार पनि चिन्तित भएका छन् । विहे गर्ने उमेरको छोराको सवारी दुर्घटनामा परी मृत्यु भएपछि शेर्पा परिवार यतिबेला शोकमा डुबेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);