इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद मनाइदैं | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद मनाइदैं

काठमाडौं, १७ साउन । मुस्लिम समुदायले आज इद उल अर्थात बकर इद् पर्व मनाउँदैछन् । इद उल अज्हा अथवा इदुल जोहा समेत भनिने यो पर्वमा मुस्लिम समुदाय मस्जिदमा भेला भएर सामूहिक रुपमा नवाज पढ्ने गदर्छन् ।

संयमता, धैर्यता, विश्वशान्ति र भाइचाराको सन्देश दिने यो चाड विश्वभर रहेका मुस्लिम समुदायले मनाउने गर्दछन् । तर, यस वर्ष कोरोना भाइरस संक्रमणको कारण मुस्लिम समुदायले घरमै बसेर यो पर्व मनाउँदै छन् ।

कोरोनाको जोखिम फैलनसक्ने भन्दै मुस्लिम आयोगले घरमै बसेर नमाज पढी मनाउन आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरस अझै नियन्त्रणमा आइनसकेकाले आफ्नै घर तथा आवासमा बसेर इद मनाउन आग्रह गर्नुभएको छ ।

यसैबीच बकर इद् पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेताली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत शीर्ष नेताहरुले शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना संन्देशमा ईस्लाम धर्माबलम्बी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);