आज मुस्लिम धर्मावलम्बीले बकर इद मनाईंदै, प्रदेश १, २ र ५ मा सार्वजनिक बिदा | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

आज मुस्लिम धर्मावलम्बीले बकर इद मनाईंदै, प्रदेश १, २ र ५ मा सार्वजनिक बिदा

bakar id

काठमाडौं, २७ साउन । मुस्लिम धर्मावलम्बीहरुको महान चाड बकर इद आज विश्वभर धुमधामका साथ मनाईंदै छ । बकरइद रमजान अर्थात इदउलफित्र पछिको मुस्लिमहरुको यो दोस्रो ठूलो चाड हो । रमजानको ७० औं दिनमा मनाइने यो पर्वमा अल्लाहलाई खुशी राख्न मुस्लिम समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई बली दिने चलन पनि रही आएको छ ।

बली दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरिबलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई, र तेस्रो भाग आफै खाने धार्मिक मान्यता छ । बकर इद मनाउन आज बिहानैदेखि मुस्लिम समुदायहरु मस्जिदमा भेला भएका छन् । इदको अवसरमा प्रदेश १, २ र ५ मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बकर इदको उपलक्षमा राष्ट्रपति विद्या देवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताले शुभकामना व्यक्त गरेका छन् । विभिन्न समुदायका चाडवाड, रितिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउने नेताहरुको शुभकामनामा उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);