४ दशकदेखि हात्तीको उही खान्की | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

४ दशकदेखि हात्तीको उही खान्की

hatti

काठमाडौं, २७ साउन । १५ किलो धान, डेढ किलो गुड अनि २५ ग्राम नुन । यो हो हात्तीको साँझको रासन । दिउँसो चराउने र काटेको घाँस छुट्टै । तीसको दशकमा आरक्ष (हाल निकुञ्ज) स्थापनासँगै संरक्षित क्षेत्रभित्र गस्ती तथा अन्य कामका लागि हात्ती पाल्न थालिएको हो ।

यो रासन त्यही बेला निर्धारण गरिएको हो । सुरुमा चामल दिइन्थ्यो । त्यसले पाचनमा समस्या देखिएपछि धान दिन थालियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ७ पालुवा हात्ती छन् । एउटा यहीँ जन्मिएको । बाँकी सबै चितवन र बर्दियाबाट ल्याइएका । निकुञ्जको पिपरैयामा ३, मालुमेलामा २ र शुक्लाफाँटा घाँसे मैदानमा दुई हात्ती राखिएका छन् ।

तिनलाई घाँस, चरन र रासनसम्मका लागि कर्मचारी खटाइएका छन् । एउटा हात्तीका लागि तीन जनासम्मको दरबन्दी छ– फणित, पछुवा र माहुते । फणित कर्मचारीका मुख्य व्यक्ति हुन् । उनले माहुते र पछुवालाई खटाउने तथा परेका बेला चराउन लैजाने र रेखदेखको काम गर्छन् । पछुवाले दाना खुवाउने र चराउन लैजान्छन् । हात्तीको बासस्थान सफा गर्ने, घाँस काट्ने जिम्मेवारी माहुतेको भागमा पर्छ ।

हात्तीलाई बिहान घाँस खान दिइन्छ । त्यसपछि माहुते वा पछुवा एक जना हात्तीसँगै गएर घाँस काटेर ल्याउँछन् । ८ देखि १० बजेसम्म खाना खान र जंगल सफारीका लागि छुट्याइएको छ । त्यसपछि माहुते वा पछुवामध्ये एक जनाले चराउन लैजान्छन् । अन्य व्यक्तिले हात्तीको रासन घाँसमा बेरेर पोका बनाउँछन् । त्यसलाई ‘कुची’ भन्ने गरिन्छ । निर्धारित रासनबाट सय हाराहारी कुची बन्ने गरेको माहुते आनन्द सुनाहले बताए ।
‘हात्ती चराएर फर्केपछि कुची खुवाइन्छ,’ आनन्दले भने, ‘बिहान काटेको घाँस पनि साँझ खुवाइन्छ ।’ उनका अनुसार बिहान र साँझ १–१ घण्टा जंगल सफारीका लागि छुट्याइएको छ । पिपरियामा शारदाकली, रतनकली र नारायणप्रसाद नामका हात्ती छन् । नारायणप्रसाद यहीँ जन्मिएको भाले हात्ती हो । शारदाकली र रतनकली करिब ८० वर्षका छन् । शारदाकली दृष्टिविहीन छ । हात्ती सफारीका लागि तोकिएको ठाउँ पनि पिपरिया नै हो । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);