फास्ट ट्रयाकमा ‘एनिमल अन्डर पास’ निर्माण हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

फास्ट ट्रयाकमा ‘एनिमल अन्डर पास’ निर्माण हुँदै

बारा । राष्ट्रिय गौरवको आयोजना निजगढ–काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) मा वन्य जन्तुको आवागमनका लागि दुई वटा ‘एनिमल अन्डर पास’ निर्माण कार्य सुरु भएको छ । द्रुतमार्ग सञ्चालनका समयमा वन्य जन्तुको आवागमनमा बाधा नपारोस् भन्ने उद्देश्यले नेपाली सेनाले दक्षिण कोरियाली परामर्शदाता कम्पनी योसिन इन्जिनियरिङ्ग कर्पोरेसनलाई स्थलगत अध्ययनको जिम्मा दिएको थियो ।

दक्षिण कोरियाली परामर्शदाता कम्पनी योसिन इन्जिनियरिङ कर्पोरेसनले ‘एनिमल पास’ को डिजाइन सम्बन्धमा स्थलगत अध्ययन पूरा गरेर प्रतिवेदन दिए पछि अन्डर पासको निर्माण कार्य अगाडी बढाईएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

द्रुतमार्गको मुनिबाट वन्यजन्तु आवागमनका लागि पास निर्माण हुने उनले बताए । बाराको निजगढदेखि ललितपुरको खोकना जोड्ने साढे ७२ किलोमिटर लम्बाइको द्रुतमार्ग निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ ।

छोटा तीन वटा सुरुङ्ग मार्ग र ८७ वटा पुल रहने डिजाइनमा निर्माणाधीन सडकले वन्यजन्तुलाई बाधा नपार्न सेनाले कोरियन कम्पनीलाई परामर्शदाता ल्याएको हो । द्रुतमार्ग निर्माण हुने क्षेत्रमा जंगली जनावर मध्ये विशेष गरी हात्तीको सहज आवागमनका लागि अन्डर पास आवश्यक रहेको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज कुमार साहले बताए ।
द्रुतमार्ग अन्तर्गत निजगढ देखि चुरे पहाडको फेदी सम्म ३ देखि ४ वटा सम्म अन्डर वा ओभर पास आवश्यक रहेको साहले बताएका छन्  ।

एनिमल पास हात्तीले मात्र नभई बाघ, भालु, चित्तल समेतले प्रयोग गर्ने गरेको साहले बताए । नेपालका राष्ट्रिय वन, निकुञ्ज तथा आरक्षणहरूमा गरी २ सय २५ वटा जंगली हात्ती छन् । उनका अनुसार यो मध्ये सबैभन्दा बढी बर्दिया कम्प्लेक्समा १ सय १०, चितवन–पर्सा कम्प्लेक्समा ४५ देखि ५०, सिन्धुलीमा ८, कोसीमा १३ देखि १४, झापामा १९ देखि २० र शुक्लाफाँटामा २० देखि २५ वटा हात्ती रहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);