अछाममा सुत्केरी महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अछाममा सुत्केरी महिलाको मृत्यु

अछाम । अछाम चौरपाटी गाउँपालिका– ५ लुग्राकी एक सुत्केरी महिलाको मृत्यु भएको छ । २६ वर्षीया जनक विकको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको मृतकका भतिजा पूर्ण विश्वकर्माले न्युज कारखानालाई जानकारी दिए । 

६ भदौमा नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि विकलाई कोहलपुर लगिएको थियो । वयलपाटा अस्पतालमा विकको शल्यक्रियाबाट सुत्केरी गराइएको थियो ।

स्वास्थ्यमा थप समस्या आएपछि उनलाई पुनः शल्यक्रियाको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको थियो । जन्मिएको शिशुको ६ भदौमा वयलपाटा अस्पतालमा मृत्यु भइसकेको थियो । मृतक विकका एक छोरा र छोरी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);