पाल्पामा करेन्ट लागेर एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

पाल्पामा करेन्ट लागेर एक महिलाको मृत्यु

current

प्रकाश नेपाल,

पाल्पा । जिल्लाको रिब्दीकोटमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । शनिबार बिहान करेन्ट लागेर रिब्दीकोट गाउँपालिका– ३ हिरापोखराकी ३४ वर्षीया निरा विकको मृत्यु भएको हो ।

विकलाई आफ्नै घरमा गित बजाउनको लागि बुफरको तार बिद्युतको बोर्डमा जोडने क्रममा नाङ्गो हातले अचानक तारमा छुन गई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाईते भएकी विकको तानसेनस्थित युनाईटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);