करेन्ट लागेर एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

करेन्ट लागेर एक महिलाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मायादेवी गाउँपालिका-८ जिग्नीहवा बस्ने ५२ वर्षकी मालती बर्गाह रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए । 

मंगलबार साँझ घरको दलानमा रहेको स्विच अन गर्ने क्रममा करेन्ट लागेर उनको ज्यान गएको हो ।

माइती पक्ष र भारतमा रहेका छोरा आएपछि बुधबार दिउँसो शवको पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल लगिएको छ । घटनाको विषयमा इलाका प्रहरी कार्यालय पकडीले अनुसन्धान थालेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);