हावाहुरीसँगै आएको बेमौसमी वर्षाले प्रदेश २ मा १२ प्रतिशत धानबालीमा क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

हावाहुरीसँगै आएको बेमौसमी वर्षाले प्रदेश २ मा १२ प्रतिशत धानबालीमा क्षति

जनकपुरधाम । केही दिनअघि वर्षासँगै आएको हावाहुरीले प्रदेश २ मा धानबालीमा १२ प्रतिशत क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका ८ वटै जिल्लामा धानबालीमा १२ प्रतिशत क्षति भएको प्रारम्भिक अध्ययनमा देखिएको जनाएको छ । मन्त्रालयले कात्तिकको पहिलो साता आएको बेमौसमी वर्षा र हावाहुरीले सबभन्दा बढी क्षति सप्तरीमा २५ प्रतिशत भएको जनाएको छ । 

त्यसैगरि पर्सामा सबभन्दा कम २ प्रतिशत मात्रै क्षति भएको छ । मन्त्रालयका अनुसार महोत्तरीमा ७, धनुषामा ८, रौतहटमा ८, सर्लाहीमा १६ र बारामा ९ प्रतिशत धानबालीमा क्षति भएको छ ।

यस वर्ष प्रदेशभरिमा ४ लाख ३ हजार १ सय ६४ हेक्टर जग्गामा धानबाली गरिएकोमा ४८ हजार ६ सय ८४ हेक्टर जग्गामा लगाइएको धानबाली प्रभावित भएको मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ कृषि अर्थ विज्ञ लालन सिंहले जानकारी दिए । 

‘प्रदेश सरकारले जिल्ला स्तरमा मात्रै आफ्ना लिङ्गकअफ कार्यालय ज्ञानकेन्द्र कार्यालयहरू रहे पनि स्थानीय तहमा प्रदेश मातहतका कुनै निकाय नरहेकोले स्थानीय तहसँग समन्वय गरेर क्षतिको तथ्यांक सङ्कलनको काम भइरहेको छ,’ उनले भने, ‘चाडै वास्तविक क्षतिको तथ्याङ्गक आउने छ । तर त्यसअघि जिल्लामा रहेका प्रदेश सरकार मातहतका कृषि ज्ञान केन्द्र कार्यालयहरूले गरेको प्रारम्भिक रिपोट अनुसार प्रदेशको धानबालीमा मात्रै १२ प्रतिशत प्रभावित भएको छ ।’

वर्षा र हावाहुरीले धानबालीसँगै तरकारी, तरकारीका बेर्ना,  केरा खेतीलगायत प्रभावित भएको बताए । तर, ती वालिमा कति क्षति भएको भन्ने तथ्याङ्गक अझै आउन नसकेको उनले बताए । पीडित कृषकलाई राहत वा क्षतिपूर्ति दिने कि नदिने विषयमा संघीय सरकारसँग छलफल भइरहेको उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);