खाेटाङमा धान उत्पादन घट्यो, अघिल्लाे वर्षभन्दा साढे चार हजार मेट्रिक टन कम | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

खाेटाङमा धान उत्पादन घट्यो, अघिल्लाे वर्षभन्दा साढे चार हजार मेट्रिक टन कम

खोटाङ । बेमौसमी वर्षा र हावाहुरीका कारण चालु आर्थिक वर्ष २०७८/०७९ मा खोटाङमा धान उत्पादन घटेको छ । गत ३१ असोजदेखि २ कात्तिकसम्म परेको बेमौसमी वर्षा र हावाहुरीका कारण गतवर्षको तुलनामा खाेटाङमा चार हजार ६ सय ४३ मेट्रिक टन धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

गत आर्थिक वर्ष २०७७/०७८ मा २९ हजार सात सय ९४.३८ मेट्रिक टन धान उत्पादन भएको जिल्लामा चालु आर्थिक वर्ष २५ हजार एक सय ५१.१० मेट्रिक टन मात्रै उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए । गतवर्ष धानको प्रतिहेक्टर दुई ३१ मेट्रिक टन उत्पादकत्व रहेको जिल्लामा यसवर्ष प्रतिहेक्टर १.९५ मेट्रिक टन उत्पादकत्व कायम भएको कार्यालयले जनाएको छ । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खाेटाङमा १२ हजार आठ सय ९८ हेक्टरमा धान खेती गरिएको थियाे । समयमै भएकाे वर्षा र रोपाई हुँदा यसवर्ष विगतको तुलनामा धान उत्पादन नहुने आंकलन गरिएको थियो । तर, प्रमुख बालीका रुपमा लगाएको धान उत्पादन घट्ना किसान चिन्तित बनेका छन् । ढलेका धानको बोट कुहिएपछि परालको उत्पादनमा समेत कमी आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका किसान ईश्वरकुमार श्रेष्ठले बताए ।

बेमौसमी वर्षा तथा हावाहुरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा दुई हजार दुई सय ५० हेक्टर, हलेसी तुवाचुङ नगरपालिकामा २८.५० हेक्टर, जन्तेढुंगा गाउँपालिकामा एक हजार ती सय ८४.११ हेक्टर, खोटेहाङ गाउँपालिकामा ६ सय ७९.२९ हेक्टर र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा चार सय २८ हेक्टर धानबालीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

यस्तै, साकेला गाउँपालिकामा दुई सय ९६.२२ हेक्टर, रावाबेसी गाउँपालिकामा दुई सय ७५ हेक्टर, केपिलासगढी गाउँपालिकामा ९० हेक्टर र ऐसेलुखर्क गाउँपालिकामा ११.५० हेक्टर धानवालीमा क्षति पुर्‍याएको ज्ञान केन्द्रले जनाएको छ । 

वर्षा तथा हावाहुरीका कारण कोदो, जुनेलो, फापरलगायतका बालीनाली समेत ढालेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);