मनाङमा पहिरोका कारण केही बेर थुनिएको मस्र्याङदी बग्न थाल्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मनाङमा पहिरोका कारण केही बेर थुनिएको मस्र्याङदी बग्न थाल्यो

मनाङ । पहिरोका कारण केहीबेर थुनिएको मस्र्याङदी बग्न थालेको छ । मनाङको चामे गाउँपालिका वडा नं. ४ र ५ जोड्ने हुम्डेमा पहिरो खस्दा मस्र्याङदी नदी केही बेर थुनिएको थियो । केही दिनदेखिको लगातार वर्षाका कारण झरेको पहिरोले शनिबार केही बेर मस्र्याङदी थुनिएको थियो ।

नदी खुलेसँगै पानीको बहाव बढेकाले तटिय क्षेत्रमा जोखिम बढेको छ । जिल्ला प्रशासन कार्यालय मनाङले जोखिमलाई मध्ये नजर गर्दै तटिय क्षेत्रका स्थानीयलाई मस्र्याङदी वरिपरी नबस्न सूचित गराईसकेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);