बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका १५ घर डुबानमा | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका १५ घर डुबानमा

कञ्चनपुर । महाकाली नदीको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० का १५ घर डुबानमा परेका छन् ।

शनिबार राति पौने ३ बजे बाढी गाउँमा पस्दा बस्ती डुवानमा पारको हो । घर डुबानमा परेको सूचना प्राप्त गर्नसाथ पुगेको सशस्त्र प्रहरीको टोलीले प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारेको छ ।

त्यसैगरी महाकाली नदीको बाढीको पानीले जोगबुढा नदीको पानी थुनिँदा कुतियाकभरका बस्तीमा पानी छिरेको बताइएको छ । भीमदत्त नगरपालिका–१२ ऐरीमा बाढीले घर डुबानमा परेपछि ६ परिवारलाई उद्धार गरी वडा कार्यालयमा राखिएको छ ।

महाकाली नदीमाथि निर्माण भैरहेको चार लेनको पक्की पुल जोडने पहुँच मार्गको २५ मिटर सडक बाढीको पानीले कटान गरी बगाएको छ ।

पहाडी क्षेत्रमा पानी पर्ने क्रम रोकिएसँगै महाकाली नदीको पानीको बहाव अहिले घट्दो क्रममा रहेको प्रमुख जिल्ला अधिकारी राजकुमार महतोले जानकारी दिए ।

बिहान ६ बजेको मापनअनुसार महाकालीमा पानीको बहाव दुई लाख १६ हजार क्युसेक रहेको छ । राति २ बजे पानीको बहाव दुई लाख ४६ हजार क्युसेकसम्म पुगेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);