सप्तरीमा पाँच सय भन्दा वढि घर डुवानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सप्तरीमा पाँच सय भन्दा वढि घर डुवानमा

सौरभ यादव
सप्तरी, २८ असार । निरन्तर वर्षाका कारण उर्लिएर आएको बाढीले ठाउँ ठाउँमा तटबन्ध भत्काउँदा सप्तरीमा करिब पाँच सय भन्दा बढी घर डुबानमा परेको छ । प्रमुख बजारहरुमा दुई फिटसम्म पानी जमेको छ । त्रियुगा नदीको बाढीले बाँध भत्किएर सप्तकोसी नगरपालिका १ फत्तेपुर बजारको दुई दर्जन घर र पसल डुबानमा पर्दा जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।

सप्तरीमा सप्तकोशीको बाढी पसेर बाँध भत्काउँदा तिलाठी कोइलाडी गाउँपालिका १ स्थित तिलाठी गाउँमा एक सय ५० घर तथा हनुमाननगर कंकालिनि नगरपालिकाको ३ र ७ वडामा करिब एक सय ५० घर डुवानमा परेको छ ।

यस्तै खाँडो र भलुवाईको बाढी पस्दा राजविराज नगरपालिकाको वडा नं. ५, १५ र १६ तथा विष्णुपुर गाउँपालिका ६ को गरी करिब २ सय ५० घर डुबानमा परेको छ । तिलाठीस्थित प्रहरी चौकी डुबानमा पर्दा त्यहाँबाट सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । राजविराज ५ मिथिला टोल, बनाहा टोल र सोही टोलसँग टाँसिएको विष्णुपुर गाउँपालिका ६ का बस्तीका २ सय ५० भन्दा बढी घरमा बाढीको पानी पसेको हो ।

तिलाठीमा बाढीले भत्काएको बाँध मर्मतको कार्य धमाधम भइरहेपनि वर्षा नरोकिँदा समस्या भइरहेको विपद् जोखिम न्युनिकरण शाखाले जनाएको छ । बाढीले खेती योग्य जमिनमा पनि ठूलो क्षति पु-याएको कृषकहरुले बताएका छन् ।

बाढी पसेर हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहा गाउँका करिब दुर्य सय विगहा खेतीयोग्य जग्गा पोखरीमा परिणत भएको छ । त्यस्तै बाढीको पानी सडक भन्दा २दुई फिट माथिबाट बग्न थालेपछि राजविराज–कुनौली सडक खण्डमा शनिबार बिहानैदेखी आवागमन ठप्प भएको छ । खडक नगरपालिका ८ स्थित पूर्वपश्चिम राजमार्गमा खडक खोलाको बाढीले निरन्तर कटान गरिरहेकाले त्यहाँ पनि आवागमन ठप्प हुने सम्भावना रहेको छ ।

बाढीले अहिलेसम्म कुनै मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बाढीबाट हुने क्षति न्युनिकरणका लागि स्थानीय प्रशासनले उपलब्ध साधन श्रोतको उच्चतम परिचालन गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन् ।

यता निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ । अघिल्लो दिन एक लाख ७२ हजार ६ सय २५ क्विसेक प्रति सेकेन्ड रेकर्ड गरिएको बहाव बढेर शनिबार सप्तकोशी नदीमा पानीको बहाव दुई लाख ६० हजार दुई सय ४५ क्विसेक प्रति सेकेन्ड रेकर्ड भएको छ । प्रत्येक एक एक घण्टामा बहावको रेकर्ड राख्दै आएको कोशी ब्यारेज कन्ट्रोल रुमले अघिल्लो दिनदेखि नै खतराको संकेत स्वरुप रातो झण्डा र रातो बत्ती बालिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);