सप्तरीमा मात्रै तीन हजार घर डुबानमा, एक हजार परिवार विस्थापित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सप्तरीमा मात्रै तीन हजार घर डुबानमा, एक हजार परिवार विस्थापित

२८ साउन, सप्तरी । लगातार परेको वर्षाका कारण सप्तरीमा मात्रै तीन हजार घर ढुवानमा परेका छन् भने एक हजार परिवार विस्थापित भएका छन् ।

 

अविरल बर्षासँगै आएको वाढीका कारण जिल्लाको जनजीवन अत्यान्तै कष्टकर बनेको छ । यसैगरी अविरल बर्षाका कारण सप्तकोशी नदीको बहाव उच्च भएपछि सुनसरी र सप्तरी नजिकका बासिन्दा त्रसित छन् ।

 

बाढीका कारण जिल्लाको दक्षिण पूर्वी तथा पश्चिमी भेगका अधिकांश गाउँ तथा शहरी क्षेत्र डुबानमा परेका छन् । सदरमुकाम राजविराज लगायत जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिका डुबानमा परेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । बाढीले गर्दा  यातायात, कलकारखाना, शिक्षण संस्था, सरकारी कार्यालयमा काम हुन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);