बुटवलको सडक विस्तार अभियान बुटवलकै व्यवसायीद्धारा प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

साउन २८, बुटवल ।

बुटवलको सडक विस्तार अभियानलाई प्रभावित पार्न बुटवलकै व्यवसायी लागिपरेका छन् ।

 

६ लेनमा विस्तार हुन लागेको सडकका कारण ठूलो भौतिक क्षति हुने भन्दै बुटबलका व्यवसायीले अहिलेकै चार लेन सडक पर्याप्त रहेको बताएका हुन् । व्यापारिक मार्ग विस्तार आयोजनाले बुटवलको चौराहदेखि गोलपार्क चिडियाखोलासम्म साढे ३ किलोमिटर सडक विस्तारका लागि सडक क्षेत्रमा पर्ने घर भत्काउन सूचना जारी गरिसकेको छ । तर, व्यवसायीले भने सडक विस्तार भएको पाँच वर्ष नपुग्दै पुनः विस्तार गर्नु अव्यावहारिक हुने तर्क गरेका छन् ।

 

सडक विस्तार प्रक्रिया अवरुद्ध पार्न चोपनारायण श्रेष्ठको नेतृत्वमा बुटवलका उद्योगी–व्यवसायीले नेपाली कांगे्रसका नेता एवं उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई भेटेको स्रोतले जनाएको छ । सडक विस्तार परियोजनाले भने माथिको आदेशमा मात्र काम रोकिने अन्यथा भदौ ५ गतेदेखि डिभिजन सडक कार्यालयका पर्खाल फालेर सडक विस्तार गर्ने बताएको छ ।

 

सडक विस्तारका क्रममा ५० मिटरको चौडाइ सडक क्षेत्रभित्र पर्ने तीन सय ११ घर भत्काउनुपर्नेछ । तीमध्ये २० देखि ३० प्रतिशत घरधनीले मुआब्जा पाउने आयोजनाले जनाएको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);