घ्याम्पेडाँडादेखि पार्टी भञ्ज्याङ्ग सडक विस्तार नियम विपरित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

घ्याम्पेडाँडादेखि पार्टी भञ्ज्याङ्ग सडक विस्तार नियम विपरित

कमल न्यौपान
भक्तपुर, १८ फागुन । भक्तपुरको सूर्यबिनायक नगरपालिका ८ स्थित घ्याम्पेडाँडादेखि पार्टी भञ्ज्याङ्गसम्मको सडक विस्तार नियम विपरित भएको छ । सो सडक खण्ड वन क्षेमा पर्ने भएकाले वन विभागको स्वीकृति लिएर सडक विस्तार गर्नुपर्ने हो । तर वन विभागको स्वीकृतिबिना सडक विस्तार भइरहेको हो । नियम विपरित सडक विस्तार हुँदा पनि स्थानीय तह मौन बसेको छ ।

विकासको नामममा नियम विपरित भक्तपुरको सूर्यबिनायक नगरपालिकाको घ्याम्पेडाँडादेखि पार्टी भञ्ज्याङ्गसम्म सडक विस्तार भइरहेको हो । वन विभागसँग स्वीकृति लिएर सडक विस्तार गर्नुपर्ने हो । तर वन विभागको स्वीकृतिबिना सडक विस्तार भइरहेको हो । वन विभागले नियम विपरित सडक विस्तार भएको भन्दै रोक लगाएको छ । सडक विस्तारका लागि सूर्यबिनायक नगरपालिकाकाले १० लाख सयोग गरेको छ । स्थानीयको विरोधपछि सडक विस्तारमा रोक लगाएको नगरपालिकाको भनाई छ ।

सडक निर्माणमा भेटिएको ढुंगा र ग्राभेल सोही बाटोमा उपयोग गर्नु पर्ने हो तर ढंगा र ग्राभेलमा आर्थिक अनिमियतता भएको स्थानीयको भनाई छ । ढुंगा र ग्राभेल प्रति ट्रिपर एक हजारको दरले बित्री गर्ने गरेको खुलसा भएको छ ।तर वडा कार्यालयले भने आर्थिक अनियमितता नभएको दाबी गरेको छ ।

सडक विस्तारको काम गरिरहेको समानान्तर कन्ष्ट्रक्सनले भने ढुंगा र ग्राभेल बिक्री गरेर उठेको पैसा वडा कार्यालयमा नै जम्मा भएको जनाएको छ । नगरपालिका प्रमुख र वडा अध्यक्षबीच नै कुरा बाझिएको छ । सो सडक विस्तारमा जनप्रतिनिधिले नै अनियमितता गरेको आशंका गर्दै सडक विस्तारको अनगुमन र अनुसन्धान गर्न स्थानीयले माग गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);