वन मासेर रातारात सडक निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

वन मासेर रातारात सडक निर्माण

sadak khaniyo

गोपाल पोखरेल,
उदयपुर, ११ बैशाख । उदयपुरको कटारी नगरपालिका – ४ मरुवाहरित सामुदायिक वन क्षेत्रमा रातारात सडक खनिएको छ । तर सडक कसले के प्रयोजनको लागि खनेको हो भन्नेबारे कसैलाई अत्तोपत्तो छैन । सरकारी निकायले बाटो खन्न कसैलाई सहमति नदिएको जनाएको छ । रातारात सडक निर्माणका विषयमा छानबिन गरेर दोषीलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

सिद्धिचरण राजमार्गसँग जोडिएको बज्रकन्या मन्दिरदेखि मरुवाहरित सामुदायिक वन क्षेत्रमा १ किलोमिटर भन्दा धेरै दोहोरो यातायात संचालन हुन सक्ने सडक खनिएको छ । तर सडक कसले खनेको हो भन्ने कसैलाई अत्तोपत्तो छैन । सडक खन्दा २ सय भन्दा बढी सखुवाका विरुवा नोक्सान भएको छ । नयाँ विरुवा रोपिएको स्थानमै सडक खनिएको छ ।

मरुवाहरित सामुदायिक वन क्षेत्र हुदै कटारी नगरपालिकसम्म सडक निर्माण गर्ने योजना थियो । वातावरणीय प्रभाव मूल्यांकन नभएको भन्दै सामुदायिक वनले सडक विस्तार गर्न सहमति दिएको थिएन । तर रातारात जेसीभी र स्क्याभेटर प्रयोग गरेर सडक खनिएको छ । कसले र कुन प्रयोजनका लागि सडक खनिएको भन्नेबारे कसैलाई जानकारी छैन् ।

काटारी क्षेत्रका दर्जनौ सामुदायिक वन क्षेत्रमा जथाभावी रुख काट्ने र बाटो खन्ने काम भइरहेको छ । वन क्षेत्रमा रातारात सडक निर्माण हुँदा उपभोक्ता समिति, वनका कर्मचारी र स्थानीय निकायका जनप्रतिनिधिलाई थाहा नहुनु अचम्मको विषय हो । रातारात सडक निर्माणका विषयमा छानबिन गरेर दोषीलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);