सडक विस्तारको नाउँमा वन विनास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सडक विस्तारको नाउँमा वन विनास

डोटी, २८ बैशाख । डोटीको बडिकेदार गाउँपालिकामा प्राकृतिक स्रोतको चरम रुपमा दोहन भइरहेको पाइएको छ । बाटो निर्माणको नाममा सामुदायिक वनमा रहेका रुखहरु जथाभाबि रुपमा फडानी गरिएको छ । वडा अध्यक्ष, उपभोक्ता समिति र ठेकेदारको मिलोमतोमा सामुदायिक वनमा मनोमानि रुपमा डोजर चलाइएको हो ।

अहिले डोटी जिल्लाको बडीकेदार गाँउपालिका अन्तरगत वडा नम्बर ३ घाङलको वडा कार्यालयदेखि ओखलढुंगा र सुनालेकदेखि वडा कार्यालय जोड्ने सडक निमार्णको क्रममा रहेको छ । करीब १५ किलोमिटर सडक विस्तार गर्न लागिएको यस स्थानमा जथाभावी रुपमा डोजर चलाइएको छ । अनुमति बिना नै निर्माणधिन सडक खण्डमा पर्ने दुई वटा सामुदायिक वनमा डोजर चलाईएको हो ।

कुनैपनि ग्रामिण सडक विस्तारका लागि वातावरणीय प्रभाव मूल्याङकन अध्ययन अर्थात ईआए प्रतिवेदन तयार गरी वन कार्यालयले रुख काट्न अनुमति दिएपछि मात्रै सडक विस्तार गर्न मिल्ने प्रावधान छ ।

तर, यहाँ सडक विस्तारका लागि गठन गरिएको उपभोक्ता समितिले ईआईए नगरी दुईवटा सामुदायिक वनमा अन्दाधुन्दा डोजर प्रयोग गरी सयौंको संख्यामा रुखहरु कटान गरिएको छ । सर्वे गरिएको बाटो भन्दा बाहिर गएर उनीहरुले राम्रा, सग्ला र ठूला–ठूला सालका रूख भएको स्थानमा घुमाउरो सडक बनाईरहेका छन् ।

उपभोक्ता समिति मार्फत बाटो निर्माण गर्न लागिएको भएपनि बडिकेदार गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्षले उपभोक्ता समितिलाई हातमा लिएर ठेकेदारसंग मिलि रातारात वन भित्र डोजर चलाएको श्री साङलादेवी सामुदायिक वनका अध्यक्ष जित नारायण ओझाको आरोप छ ।

यता, बडिकेदार गाँउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष लिलाधर सापकोटाले पनि सडक विस्तार गर्न वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन तयार नगरी सडक विस्तार गरेको स्विकार गरेका छन् भने उनले बडीकेदार गाउँपालिका भर कुनैपनि सडकमा ईआईए नभएकाले आफुले पनि यो सडकमा नगरेको जवाफ दिए ।

देश संघीय संरचनामा गईसकेपछि झन धेरै अधिकारहरु स्थानीय तहमा पुगेका छन् । त्यसको फाईदा लिँदै उपभोक्ता समिति मार्फत हुनु पर्ने काममा पनि जनप्रतिनिधीहरुले हस्तक्षेप गरेर मनोमानी रुपमा यसरी विकासका नाममा अनियमितता हुँदा बडीकेदार गाँउपालिका भने मौन नै बसिरहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);