बालाजुको बाइपास सडकमा डोजर चलाइयो | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

बालाजुको बाइपास सडकमा डोजर चलाइयो

काठमाडौं, १५ फागुन । सर्वोच्च अदालतको स्टे अर्डरका बावजुत पनि काठमाडौं महानगरपालिका–१६ को बालाजु बाइपास सडकमा डोजर चलाइएको छ । स्थानीय सडक विस्तार पीडितहरूले मुद्दा हालेपछि सो क्षेत्रमा कुनै पनि निर्माणको काम अघि नबढाउनू भन्दै सर्वोच्चले स्टे अर्डर जारी गरेको भए पनि महानगरपालिकाले भने आफ्नो गतिविधिले निरन्तरता दिईरहको छ ।

सडक निर्माणका विषयमा महानगरपालिका र स्थानीयबीच विवाद हुँदै आएकाले महानगरपालिकाले शनिबार प्रहरी नै परिचालन गरी सडक निर्माणको काम गरिरहेको स्थानीयको भनाई छ । गत बुधबार काठमाडौं महानगरपालिकाले बाइपास सडक क्षेत्रमा सूचना केन्द्र बनाउनको बारहरू लगाएको थियो ।

स्थानीय तथा सडक विस्तारका पीडितहरूले सडक विस्तारको विरोध गर्दै बारहरू भत्काएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । सोही विषयमा शुक्रबार उपत्यकाको सडक विस्तार पीडित संघर्ष समितिले उनीहरुको रिहाईको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन समेत गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);