बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट बत्ति जडानका लागि त्रिपक्षीय सम्झौता | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट बत्ति जडानका लागि त्रिपक्षीय सम्झौता

ललितपुर । ललितपुर महानगरपालिकाभित्रको बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट बत्ति जडानका लागि त्रिपक्षीय सम्झौता भएको छ । ललितपुर महानगरपालिका भित्र पर्ने बालकुमारी–बल्खु सडक खण्डमा बत्ती जडानका लागि ललितपुर महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभाग विच मंगलबार त्रिपक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

स्मार्ट सडक बत्ति जडानका लागि प्रारम्भिक लागत करिब १७ करोड ३६ लाख रुपैयाँ रहेकोमा ललिपुर महानगरपालिकाले कुल लागतको ६० प्रतिशत, नेपाल विद्युत प्राधिकरणले ४० प्रतिशत र ललितपुर महानगरपालिकाले बेहोर्ने ६० प्रतिशत रकममध्येबाट सडक विभागले ३ करोड रुपैयाँ बेहोर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए ।

सडक बत्तिलाई सर्भर रुमबाट नियन्त्रण गरिने र सडक बत्ति बाले वापतको शुल्क ललितपुर महानगरपालिकाले तिर्ने बताइएको छ । प्रमुख महर्जनले सहरलाई उज्यालो बनाउनुका साथै रातको समयमा हुने दुर्घटनालाई रोक्नको लागि पनि सडकमा बत्ति जोड्न लागिएको बताए ।

उनले महानगरपालिकाभित्रका रिङरोड बाहिरका बस्तीहरु खोकना, बुङमती, हरिसिद्धी, सुनाकोठी, धापाखेलमा पनि स्मार्ट सडक बत्ति जडान गर्नका लागि टेण्डर प्रकाशित भइसकेको जानकारी पनि दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);