मनसुनजन्य विपदा व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको काठमाडौं महानगरपालिकाकाे दावी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मनसुनजन्य विपदा व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको काठमाडौं महानगरपालिकाकाे दावी

काठमाडौं । काठमाडौं महानगरपालिकाले मनसुनजन्य विपदा व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको दावी गरेको छ । सोमबार काठमाडौं महानगरपालिका विपद व्यवस्थापन विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले आइपर्न सक्ने विपत व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको दावी गरेको हो ।

उद्धार तथा राहत, बाढी घरभित्र पसेमा सरसफाई गर्ने लगायतका कामका लागि आवश्यक जनशक्ति र सामग्रीहरु तयारी अवस्थामा रहेको उनले जानकारी दिए । काठमाडौंका धोविखोला, बल्खु खोला, बागमती, विष्णुमति नदीका किनारहरुमा डुवानहुन सक्ने भन्दै उहाँले विपद प्रतिकार्यका काम शुरु गरिएको स्पष्ट गरे ।

उनले बाढी आएको खण्डमा दुई सय जना नगरप्रहरी तुरुन्त परिचालन गर्न सकिने जानकारी दिए । ¥यापिड रेस्पोन्स फोर्समा भने ३० जना प्रहरी तुरुन्त परिचालन गर्न सकिने अवस्थामा रहेको उनले बताए । रेनकोट, बत्ति, गल, रुख काट्ने औजारहरु र स्लिपिङ ब्याग लगायतका अत्यावश्यक सामग्रीहरुको पनि व्यवस्था गरिएको प्रमुख श्रेष्ठले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);