३५ दिनमा बाढी पहिरोमा १०१ जनाको मृत्यु, ५१ बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

३५ दिनमा बाढी पहिरोमा १०१ जनाको मृत्यु, ५१ बेपत्ता

pahiro

काठमाडौं, २ साउन । मनसुन सक्रिय भएसँगै देशभर बाढी पहिरोको प्रकोप बढेको छ । बाढी र पहिरोका कारण सय बढी मानिसको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट मानवीय क्षतिसँगै भौतिक क्षति पनि भएको छ । विपद् पूर्वतयारी, प्रतिकार्य, राहत र उद्दारमा सरकारको प्रभावकारी सक्रियता नहुँदा बाढी पहिरोबाट धेरैले ज्यान गुमाउनु परेको हो ।

गएको जेठ ३१ यता देशभर बाढी पहिरोमा परी १०१ जनाको मृत्यु, ५१ जना बेपत्ता र ४९ जना घाइते भएका छन् ।

आगामी सोमबारदेखि पाँच दिन देशभरी भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भू—भाग गलिसकेकाले अब पाँच दिन पर्ने पानीले पहिरोको सम्भावना बढेको विभागले जनाएको छ ।

मनसुन सुरु भएयता देशका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएकाे छ । प्रदेश नम्बर १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागका महानिर्देशक सरजु कुमार वैद्यले बताउनुभयो ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उहाँको भनाई छ । मनसुन सुरु हुनु भन्दा पहिले देखि नै औषत भन्दा बढी वर्षा भइरहेको उहाँले बताउनुभयो ।

गृह मन्त्रालयमा शुक्रबार भएको कार्यक्रममा भूगर्भविद शिव बास्कोटाले जमिन चिरा परेको र रुखहरू ढल्किएको ठाउँमा पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

पानीका मुहानहरू सुक्ने वा पहिले भन्दा बढी र धमिलो पानी आउने ठाउँमा पनि पहिरोको जोखिम रहेकोले यस्तो अवस्थामा सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् व्यवस्थापनमा संलग्न सुरक्षा निकायलाई उद्दार तथा राहतका लागि तैनाथ गरेर राखिएको बताउनुभयो ।

सरकारी तथा गैरसरकारी निकाय पनि तयारी अवस्थामा रही तत्काल परिचालन हुने अवस्थामा रहेको उहाँको भनाई छ ।

नेपालमा मनसुन सुरु भएको ३० दिन (जेठ ३० देखि असार २७ सम्म) मा मनसुनजन्य विपद्का घटनाबाट ११० जनाको मृत्यु भएको छ । विभिन्न ठाउँमा गएको बाढी, पहिरो, चट्याङ सर्पदंश लगायतका मनसुनजन्य घटनाबाट ३० दिनको अवधिमा ११० जनाको मृत्यु भएको प्राधिकरणले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

अझै ३२ जना बेपत्ता रहेका छन् भने १३२ जना घाइते छन् । विपद्बाट ४१८ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । पहिरोका कारण मात्रै ८१ जनाको मृत्यु भएको छ । चट्याङबाट १७, सर्पदंशले १० र बाढीका कारण दुई जनाको मृत्यु भएको छ ।

देशका विभिन्न ३३ जिल्लामा विपद्बाट मानवीय क्षति भएको छ भने ६० जिल्लामा विपद्का घटना घटेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);