सार्वजनिक यातायात सञ्चालन गर्न पहल गर्ने प्रधानमन्त्रीको आश्वासन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सार्वजनिक यातायात सञ्चालन गर्न पहल गर्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं, १ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात संचालनका लागि सरकारले सकेसम्म सहयोग गर्ने आश्वासन दिनु भएको छ । प्रधानमन्त्री ओलीले कोरोना महामारीपछि दैनिक जीवन,अर्थतन्त्र, सेवा र रोजगारी सबै क्षेत्र प्रभावित भएको बताउँदै सार्वजनिक यातायात संचालन गर्न यस क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिनु भएको हो ।

बिहीबार यातायात संचालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका यातायात ब्यवसायी र मजदूर संगठनका प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री ओलीले महामारीका कारण प्रभावित भएका सबै क्षेत्रका समस्या राज्यले हेर्नुपर्ने भएकाले आफ्नो सामथ्र्य अनुरुप समाधानमा अग्रसर रहने बताउनुभयो ।

नेपाल यातायात ब्यवासायी राष्ट्रिय महासंघ र यातायात मजदूर संगठनका प्रतिनिधिहरुले प्रधानमन्त्री ओलीसँग भेट गरी आफ्ना समस्या प्रस्तुत गरेका थिए ।

प्रतिनिधि मण्डलमा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला, उपमहासचिव वसन्त भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदूर संघका रामचन्द्र कार्की र नेपाल यातायात मजदूर संघका धर्मराज भण्डारी सहभागी हुनुुहन्थ्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);