भन्सार छली ल्याउँदै गरेको कपडासहित एक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

भन्सार छली ल्याउँदै गरेको कपडासहित एक पक्राउ

pakrau

बारा, १ साउन । आदर्शकोतवाल गाउँपालिका-६ स्थित सडकबाट करिब १ लाख १० हजार ५० रुपैयाँ मूल्य बराबरको रेडिमेड कपडासहित सिम्रौनगढ नगरपालिका-१० बस्ने १९ वर्षीय राजु प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्र आदर्श बाराबाट खटिएको प्रहरीले ना ४९ प १९०४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा भारतबाट भन्सार छली ल्याउँदै गरेको कपडा र मोटरसाइकलसहित उनलाई पक्राउ गरेको हो ।

यादवलाई बरामद कपडा तथा मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय वीरगंज पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);