निजी सवारीबाटै कपडाकाे तस्करी, लाखाैंकाे कपडासहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निजी सवारीबाटै कपडाकाे तस्करी, लाखाैंकाे कपडासहित २ जना पक्राउ

बारा, २ मंसिर । बारास्थित ईलाका प्रहरी कार्यालय जीतपुरले भन्सार छलीका करिब ६ लाख बराबरकोे कपडा सहित २ जानालाई नियन्त्रणमा लिएको छ । विशेष सुचनाको आधारमा प्रहरी कार्यालय अगाडी चेकजाँच गर्दा निजी सवारीमा वीरगञ्जबाट हेटौंडा लाँदै गरेको अवस्थामा उक्त सामान सहित २ जनालाई नियन्त्रमा लिएको हो ।

वीरगञ्जबाट हेटौंडा तर्फ जाँदै गरेको प्रदेश ३ को ०१–०२२ च ७०७० नम्बरको निजी बिर्जा कारमा अबैध रुपमा भारतबाट भन्सारी छली ल्याएको बजार मूल्य करिब ६ लाख बराबरको कपडा बरामत गरेको ईलाका प्रहरी कार्यालय जीतपुरले जनाकारी दिएको छ ।

कपडासहित प्रहरीले सवारी चलाक धादिङ्ग जिल्ला संकोच घर भएका वीरगञ्ज वडा नं.९ तेजारथ टोल बस्ने कृष्ण नारायण श्रेष्ठ र अबैध कपडाको कारोबारमा संलग्नका भारत बिहार पश्चिमी चम्पारण बेतिया जिल्ला सिक्टा घर भई बिरगंज वडा नं.२ छपकैंयामा बस्दै आएका इस्ताक अंसारीलाई नियन्त्रणमा लिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);