भन्सार छलीका लाखौं मुल्यका कपडा सहित ट्रक नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भन्सार छलीका लाखौं मुल्यका कपडा सहित ट्रक नियन्त्रणमा

चितवन, १८ भदौ । चितवन प्रहरीले भन्सार छली ल्याएका लाखौं मूल्य बराबरको कपडा सहित एक ट्रकलाई भरतपुरको गोन्द्राङ्गबाट नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना. ३. ख. ४३५९ नम्वरको ट्रक सहित भन्सार छलेका र न्यून विजीकरण गरी ल्याइएका लाखौं मुल्य बराबरका कपडा सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न ब्यक्तिहरुको सेटिङ्गमा कम भन्सार तिरेर ल्याइएको कपडा प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरका अनुसार १२ लाख ९८ हजारको न्यून बिजीकरण गरिएको कपडाको मात्रा हेर्दा र त्यसको बजार मुल्यलाई हेर्दा त्यसको १० गुणा बढी हुन आउंँछ । ट्रकमा लोड गरिएका कपडाहरु राजधानीका विभिन्न पसलहरुको नाममा लाने तयारी गरिएको थियो ।

भन्सार छली समान मगाउने व्यापारीहरुमाथि समेत आवश्यक रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले चाडवाडका बेला हुनसक्ने चोरी पैठारी तथा भन्सार छलीलाई रोक्न जिल्ला भएर राजधानी र राजधानी भएर चितवन हुँदै अन्यत्र ठाउँ जाने ट्रकको चेकजाँचलाई कडाई गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);