मिलेमतोमा सामान पास हुँदा राजश्व असुली न्यून | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मिलेमतोमा सामान पास हुँदा राजश्व असुली न्यून

bhansar

विवेक विश्वकर्मा
रुपन्देही, ४ जेठ
। भैरहवा भन्सार कार्यालयको मिलेमतोमा सामान पास हुँदा राजश्व असुली न्यून भएको छ । भन्सार छली र चोरीपैठारीमा संलग्नलाई कारबाही नुहँदा राजश्व प्रभावित भएको हो । भन्सार छली गरेको सामान प्रहरीले पटक पटक बरामद गरेपनि अनुसन्धान र कारबाही हुने गरेको छैन ।

पछिल्लो डेढ महिनाको अवधिमा हरियो तरकारीको प्रज्ञापन भरेर भन्सार पास भएको ट्रक चितवनमा प्रहरीले मासु सहित नियन्त्रणमा लियो । त्यसको एकहप्तापछि बिना प्रज्ञापन भन्सार पास भएको कपडा सहितको भ्यान रुपन्देही प्रहरीले पक्राउ गर्‍यो । केहिदिन अघि प्रज्ञापन पत्र बिना भन्सार पास भएको ह्यामर लाई पश्चिमाञ्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयले बरामद गर्‍यो । पश्चिमाञ्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयले प्रज्ञापन पत्र बिना भन्सार पास भएको ह्यामर लाई नियन्त्रणमा राखी धरौटी जमानत बापत १० लाख रुपैयाँ लिएको छ ।

ह्यामरसँगै नियन्त्रणमा लिइएको एक्साभेटरको कागजात सहि भएकाले छोडिएको छ । पटक पटक भन्सार छली गरेको सामान बरामद हुन्छ तर अनुसन्धान र भन्सार छली गर्नेलाई कारबाही हुने गरेको छैन् । जसको कारण भैरहवा भन्सार कार्यालयमा राजश्व असुली न्यून भएको हो । भन्सारमा विगतदेखि नै कर्मचारी, एजेन्ट र व्यवसायीको मिलेमतोमा गैरभन्सार क्रियाकलाप हुँदै आएको छ । ठूलो ठाउँमा सानातिना घटना हुनु स्वभाविक भएको भन्सार कार्यालयको अधिकारीहरुको भनाई छ ।

घटनामा संलग्नलाई कारबाहीको सट्टा राजनीतिक संरक्षणमा उन्मुक्ति दिइने गरेको छ । जसको कारण राज्यले राजश्व गुमाइरहेको सरोकारवालाको भनाइ छ । आर्थिक वर्ष सकिन २ महिना बाँकी रहँदा राजश्व असुलीमा २० प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

आर्थिक वर्षमा भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई ८१ अर्ब ४३ करोड ७७ लाख राजश्व लक्ष्य तोकेको थियो । तर १० महिनामा जम्मा ५६ अर्ब ११ करोड १० लाख मात्रै राजश्व संकलन भएको छ । भन्सारले असोज महिनाबाहेक अन्य कुनै पनि महिनामा राजश्व लक्ष्य पूरा गर्न सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);