नेपालमा बाह्य लगानी भित्र्याउन उद्योगीहरुको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालमा बाह्य लगानी भित्र्याउन उद्योगीहरुको आग्रह

काठमाडौं, ४ जेठ । उद्योगी, व्यवसायीहरुले नेपालमा लगानी भित्र्याउन बाह्य मुलुकका उद्योगीहरुलाई आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिपकुमार श्रेष्ठले सोचेभन्दा बढि प्रतिफल पाउने भन्दै नेपालमा लगानी भित्र्याउन बाह्य मुलुकका उद्यमीहरुलाई आग्रह गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष शर्माले नेपालमा लगानी भित्र्याउने सुनौलो अवसर आएको उल्लेख गरे । नेपालमा इतिहासमै बलियो सरकार बनेकाले उद्योग धन्दामा लगानी गर्न अनुकूल वातावरण बनेको अध्यक्ष शर्माले भनाई छ ।

अध्यक्ष शर्माले सरकारको ध्यान समृद्धि भएकाले उद्योग संचालनलाई पहिलो प्राथमिकता दिएको बताए । काठमाडौंमा आयोजना गरिएको ‘नेपाल ट्रेड समिट’ मा बोल्दै उनले पूर्वाधार निर्माणका लागि सिमेन्ट र स्टिल उद्योगमा लगानी गरेर ठूलो परिणाममा प्रतिफल लिन पनि बाह्य मुलुकका उद्योगीहरुसँग आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिप श्रेष्ठले नेपालमा लगानी भित्रयाउन आवश्यक वातावरण बनेको बताए । उनले बाह्य लगानी भित्र्याउन नेपाल सरकारले लगानी बोर्ड नै गठन गरेको भन्दै बाह्य मुलुकका उद्यमीहरुको ध्यानाकर्षण गराए ।

पूर्व अध्यक्ष श्रेष्ठले नेपाल लगानीको लागि सबैभन्दा अनुकूल बन्दै गएको दावी गरे ।
नेपालको उद्योग क्षेत्रको विकासमा बाह्य लगानी भित्रयाउने उद्देश्यका साथ समिट आयोजना गरिएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);