बाजुराका महिला अल्लो उद्योगबाट आत्मनिर्भर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बाजुराका महिला अल्लो उद्योगबाट आत्मनिर्भर

allo

मदन विश्वकर्मा
बाजुरा, ४ जेठ । बाजुराका महिलाहरु अल्लो उद्योगबाट आत्मनिर्भर बनेका छन् ।अल्लोको रेसा संकलन गरेर महिलाहरुले कपडा उत्पादन गर्ने गरेका छन् ।अल्लोबाट बनेको कपडा विदेशमा समेत निर्यात हुने गरेको छ ।

बाजुराका महिलाहरु अल्लो उद्योगबाट आत्मनिर्भर बनेका हुन् । महिलाहरुले आफै लगानी गरेर अल्लो उद्योग संचालन गरेका हुन् । गौमुल गाउँपालिका १ माडिकी भाना रोकायाले एक दशक अघि ४० लाखको लागतमा अल्लो उद्योग संचालन गर्नुभएको थियो । अहिले सो उद्योगमा धेरै महिलाहरुले रोजगार पाएका छन् । महिलाहरु चुलो चौकोमा सिमित हुनुपर्छ भन्ने मान्यतालाई चिर्दै उनीहरु अल्लो उद्योगमा लागेका हुन् ।

सो उद्योगमा काम गर्ने महिलाहरुले पनि राम्रो आम्दानी गर्न सफल भएका छन् । उद्योगमा काम गर्न सुरु गरेपछि महिलाको जीवनस्तरमा सुधार आएको छ । उनीहरुले अल्लो उद्योगमा काम गरेर घरखर्च जुटाउने गरेका छन् ।

जंगलमा पाईने अल्लोको रेसा संकलन गरेर त्यसलाई प्रसोधन गरि कपडा उत्पादन गरिन्छ । अल्लोबाट कोटको कपडा, पाइन्ट, सुटको कपडा, दोसल्ला लगायतका कपडा उत्पादन हुने गरेको छ । अल्लोबाट बनेको लुगा कपडा, झोलाहरु खरिद गर्न व्यवसायी उद्योगमा नै पुग्ने गरेका छन् । अल्लोबाट बनेको कपडाहरु काठमाडौ लगायत विदेशमा समेत निर्यात हुने गरेको छ ।

उद्योगी महिलाहरुले घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्ने कार्यक्रम ल्याउन र महिलालाई आवश्यक तालिमको व्यवस्था गर्न स्थानीय सरकारसँग माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);