उद्योगलाई प्रोत्साहन हुने गरी बजेट आउँछ : अर्थमन्त्री खतिवडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उद्योगलाई प्रोत्साहन हुने गरी बजेट आउँछ : अर्थमन्त्री खतिवडा

yuvraj khatiwada

काठमाडौं, ४ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले सिमेन्ट र स्टिल उद्योगको विकासलाई उच्च प्राथमिकता दिएको दाबी गरेका छन् ।अर्थमन्त्री खतिवडाले सिमेन्ट र स्टिल उद्योगको स्थापनामा लगानी बढाउन पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह गरे ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल ट्रेड समिट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पूर्वाधार विकास र उर्जा क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने सरकारको योजना पनि स्मरण गराए ।

अर्थमन्त्री खतिवडाले सरकारले उद्योग क्षेत्रको विकासलाई गतिदिन ५ वर्ष भित्र ५ हजार मेघावाट विद्युत उत्पादन गर्ने योजना अघि सारेको पनि स्पष्ट पारे । उनले उर्जा क्षेत्रमा वैदेशिक लगानी वृद्धि गर्न सरकार लागि परेको पनि बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);