सरकारले मानव संशाधनको विकासमा जोड दिएको छ: अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

सरकारले मानव संशाधनको विकासमा जोड दिएको छ: अर्थमन्त्री

yuwa raj khatiwada

काठमाडौं, २२ जेठ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारले मानव संशाधनको विकासमा जोड दिएको बताउनु भएको छ ।

बुधवार नेपाल–भुटान ह्यूमन क्यापिटल फोरमले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासलाई तीव्रता दिने उद्देश्यका साथ सरकारले मानव संशाधनको विकासलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्नुभयो । उहाँले सरकारले मानव संशाधनको विकासलाई प्राथमिकतामा राखेर शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा गत वर्षको तुलनामा बजेट वृद्धि गरेको पनि बताउनु भयो ।

अर्थमन्त्री खतिवडाले भुटान र नेपालले मानव संशाधनको विकासमा सहकार्य गरेर काम गर्न सक्ने पनि उल्लेख गर्नुभयो । उहाँले तीव्र आर्थिक विकासको लक्ष्यलाई पूरा गर्न सरकारले मानव संशाधनको विकास कार्यक्रममा केन्द्रित हुनु परेको बताउनु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);