निर्माण व्यवसायीद्धारा छैठौ संशोधनको विरोध र्याली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

निर्माण व्यवसायीद्धारा छैठौ संशोधनको विरोध र्याली

nirman wyawasay sagha ryaali

काठमाडौं, २२ जेठ । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावली छैठौ संशोधनको विरोधमा बुधवार राजधानीमा विरोध र्याली निकालेको छ ।

सरकारले आयोजना ठेक्का समयअवधिको ५० प्रतिशत भन्दा बढी म्याद थप गर्न नपाउने व्यवस्था सहित नियमावली संशोधन गरेपछि व्यवसायी त्यसको विरोधमा उत्रिएका हुन् । ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने प्रवृति बढेपछि सरकारले त्यसमा कडाई गर्दै नियमावली संशोधन गरेको हो । तर व्यवसायीहरुले भने पछिल्लो प्रावधानले आफुहरुको व्यवसाय ठप्प हुनुको साथै निर्माण उद्योग क्षेत्रको आर्थिक गतिविधि नै ध्वस्त हुने दाबी गर्दै आएका छन् । नियमावलीको संशोधित प्रावधान अनुसार तोकिएको समय र थप गरिएको ५० प्रतिशतको समयमा पनि आयोजना सम्पन्न नगर्ने ठेकेदार कम्पनी सोझै कालोसूचीमा जाने र त्यस्ता कम्पनीले नयाँ प्रक्रियामा सहभागी हुन पाउने छैनन् । महासंघका अध्यक्ष रवि सिंहले मुलुकभर १ हजार ८ सय भन्दा बढी आयोजनाको ५० प्रतिशत म्याद थप भईसकेकाले ती सबै कालोसूचीमा जाने र ठेक्का तोडिने अवस्था श्रृजना हुंदा सिंगो व्यवसाय प्रभावित हुने दाबी गर्नुभयो ।

सार्वजनिक निर्माण सबैको सरोकार, ऐन नियमावली निर्माण मैत्री बनाउ भन्ने नारासहित बुधबार बिहान राजधानीको माईतिघर मण्डलाबाट निस्केको व्यवसायीको विरोध र्याली नयाँबानेश्वर सम्म पुगेको थियो । व्यवसायीहरु केहीसमय बानेश्वरमा धर्ना पनि बसेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);