लोकसेवाले खुलाएको विज्ञापन तत्काल फिर्ता लिन सत्तारुढ दलकै सांसदको दवाव | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

लोकसेवाले खुलाएको विज्ञापन तत्काल फिर्ता लिन सत्तारुढ दलकै सांसदको दवाव

rajyabebastha

काठमाडौं, २२ जेठ । सत्तारुढ दलकै सांसदहरुले लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएका छन् ।

बुधवार संसदको राज्य ब्यवस्था तथा शुसाशन समितिको बैठकमा सत्तारुढ समाजवादी पार्टी, नेपालका सांसद रामसहाय प्रसाद यादवले संघीयता, संविधान र कानुन विपरित स्थानीय तहको समेत कर्मचारी नियुक्त हुने गरी लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता नलिए मुलुक गम्भिर द्वन्द्वमा फस्ने चेतावनी दिनु भयो ।

उहाँले स्थानीय तहको आफ्नो अधिकार क्षेत्रभित्र पर्ने विषयमा समेत लोक सेवा आयोगले विज्ञापन गरेपछि त्यसको विरोधमा देशभर आन्दोलन सुरु भएको बताउनुभयो ।

त्यसैगरी सत्तारुढदल नेकपाकी सांसद पम्फा भुसालले मुलुकमा थप आर्थिक बोझ हुने गरी लोक सेवा आयोगले कर्मचारीको नियुक्तीका लागि विज्ञापन खुला गरेकोमा आपत्ति जनाउनु भयो ।

लोक सेवा आयोगले केही दिन अघि प्रदेश र स्थानीय तहमा समेत कर्मचारी नियुक्त गर्ने गरी विज्ञापन खुला गरेको थियो । सांसदहरुले कर्मचारीहरुको अभाव भए तत्कालका लागि करारमा राख्ने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);