मुलुकको व्यापार घाटा बढेर २१ दशमलव ७ प्रतिशतले बढेर ८ खर्ब १६ अर्ब | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मुलुकको व्यापार घाटा बढेर २१ दशमलव ७ प्रतिशतले बढेर ८ खर्ब १६ अर्ब

money

काठमाडौं, ४ जेठ । मुलुकको व्यापार घाटा बढेर २१ दशमलव ७ प्रतिशतले बढेर ८ खर्ब १६ अर्ब पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चैत मसान्तसम्म ८ खर्ब १६ अर्ब ५५ करोडको व्यापार घाटा भएको हो । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ८ खर्ब ७६ अर्ब २९ करोडको सामान आयात भएको छ । राष्ट्र बैंकले आयात २० दशमलव ६ प्रतिशतले बढेको बताएको छ । भारतबाट भएको आयात २१ दशमलव ९, चीनबाट भएको आयात २२ दशमलव ८ र अन्य मुलुकबाट भएको आयात १५ दशमलव ७ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, सिमेन्ट लगायत वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, हवाईजहाजका पार्टपुर्जा, सेनिटरीवेयर्स लगायत वस्तुको आयात घटेको छ । आयात आकासिंदा निर्यातको अवस्था भने निराशलाग्दो छ । चैत मसान्तसम्म जम्मा ५९ अर्ब ७४ करोडका सामान निर्यात भएका छन् । निर्यातको बृद्धि ८ दशमलव १ प्रतिशतमा सीमित छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात १२ दशमलव १ प्रतिशतले बढेको थियो ।

भारततर्फको निर्यात ६ दशमलव ९, चीनतर्फको निर्यात ५८ दशमलव ९ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ७ दशमलव १ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा अलैची, धागो, पोलिष्टर यार्न, अदुवा, तार, लगायत वस्तुको निर्यात बढेको छ भने जुस, जि.आई पाईप, उनी गलैँचा, पस्मिना लगायत वस्तुको निर्यात घटेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);