व्यापार घाटा १ खर्ब ५२ अर्ब पुगेको राष्ट्र बैंकको तथ्यांक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

काठमाडौँ, १३ कार्तिक । मुलुकको व्यापार घाटा १२ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक वर्षको दुई महिनामा नै व्यापार घाटा बढेर १ खर्ब ५१ अर्ब ८३ करोड रुपैयाँ पुगेको हो ।

वस्तुको आयात ११ प्रतिशतले बढेको तर निर्यात वृद्धि ३ प्रतिशतमा सीमित भएका कारण व्यापार घाटा बढेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार साउन र भदौ महिनामा १ खर्ब ६५ अर्ब ४१ करोड रुपैयाँका वस्तु आयात भएका छन् । भारतबाट भएको आयात ८ दशमलव १, चीनबाट भएको आयात २६ दशमलव ३ र अन्य मुलुकबाट भएको आयात १० दशमलव ७ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपूर्जा, सुन, सिमेन्ट, सञ्चारका साधन तथा पूर्जा लगायत वस्तुको आयात बढेको छ । कृषि औजार तथा पार्टपूर्जा, खाने तेल, चाँदी, सेनिटरी वेयर्स, विद्युतीय सामाग्री लगायत वस्तुको आयात भने घटेको छ । चालु आवको पहिलो दुई महिनामा निर्यात वृद्धि ३ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्ष सोही अवधिमा निर्यात वृद्धि ७ दशमलव ७ प्रतिशत थियो ।

साउन र भदौ महिनामा पशु आहार, धागो, तयारी पोशाक, पिना, वनस्पती घ्यू, जुस, अलैंची, उनी गलैंचा लगायतका १३ अर्ब ५८ करोड रुपैयाँका वस्तु निर्यात भएका छन् । भारततर्फको निर्यात ३ दशमलव ३ प्रतिशतले घटेको छ तथा चीनतर्फको निर्यात ४४ दशमलव ६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);