स्मार्ट टेलिकमले आईतबारदेखि काठमाडौं र पोखरामा फोरजी सेवा सुरु गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

स्मार्ट टेलिकमले आईतबारदेखि काठमाडौं र पोखरामा फोरजी सेवा सुरु गर्ने

4G-internet

काठमाडौं, ११ कात्तिक । स्मार्ट टेलिकमले पनि आईतबारदेखि काठमाडौं र पोखरामा चौंथो पुस्ताको दूर संचार सेवा (फोरजी) सेवा सुरु गर्ने भएको छ ।

स्मार्ट टेलिकमले शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आईतबारदेखि काठमाडौं र पोखरामा फोरजी सेवा संचालनमा ल्याउन लागिएको जानकारी गराएको हो ।

कम्पनीका प्रमुख प्रशासकीय अधिकृत सजीनराज राजभण्डारीले पहिलो चरणमा काठमाडौं र पोखरामा फोरजी सेवा संचालन गर्न लागिएको जानकारी दिए । त्यसपछि सो सेवा देशका अन्य सहरहरुमा पनि क्रमशः विस्तार गर्दै लैजाने कम्पनीको योजना छ ।

प्रमुख प्रशासकीय अधिकृत राजभण्डारीले फोरजी सेवा एक महिना परिक्षणको रुपमा संचालन हुने पनि बताए । परिक्षणका क्रममा देखिएका कमीकमजोरीलाई सच्याएर यो सेवालाई एक महिनापछिबाट व्यवसायिक रुपमा संचालन गरिनेछ ।

कम्पनीले आफ्नो सेवालाई उपभोक्ता मैत्री बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ । स्मार्ट टेलिकमले गत जेठमा मात्रै फोरजी सेवा संचालन गर्ने अनुमति पाएको थियो । फोरजी सेवा भनेको ताररहित इन्टरनेट सेवा हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);