व्यापार घाटा १३ प्रतिशतले बढेर चार खर्ब पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं,४ माघ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनाको प्रतिवेदनले मुलुक ९ अर्ब २७ करोड रुपैयाँले घाटामा गएको देखाएका हो । बैंकले आयातमा भएको उच्च वृद्धि र वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटयान्समा कमी आएकाले शोधनान्तर घाटामा गएको जनाएको छ । रेमिटयान्स वृद्धिदर लगातार घटिरहेका कारण चालू खाता घाटा ४१ अर्ब ९५ करोड पुगेको छ ।

यद्यपि, देशको वैदेशिक मुद्रा संचिति सुविधाजनक अवस्थामा रहेकाले वाह्य क्षेत्र स्थायित्व सबल रहेको बैंकले बताएको छ । कात्तिक महिनामा १ दशमलव ५ प्रतिशतले ऋणात्मक रहेको रेमिटयान्स मंसिरमा शुन्य दशमलव ८ प्रतिशतले घटेको छ । मंसिर मसान्तसम्म २ खर्ब ८५ अर्ब ४८ करोड रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ६ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या २ दशमलव ५ प्रतिशतले घटेका कारण रेमिट्यान्सको वृद्धि ऋणात्मक भइ मंसिरमा शोधनान्तर स्थिति ९ अर्ब २७ करोड रुपैयाँले घाटामा गएको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर २८ अर्ब ७८ करोडले बचतमा थियो । शोधनान्तर घाटामा रहँदा खासगरी विदेशी लगानी निरुत्साहित हुन्छ ।
उत्पादनमा नकारात्मक प्रभाव पर्ने भएकाले मुलुकको परनिर्भरता बढ्छ र विदेशी विनिमय सञ्चितिमा ह्रास आउँछ । चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै उच्च अंकले बढेको व्यापार घाटा मंसिरसम्म ४ खर्ब नजिक पुगेको छ ।

निर्यात १० प्रतिशतमा सीमित हुँदा आयात १२ दशमलव ८ प्रतिशतले बढेका कारण व्यापार घाटा ४ खर्ब नजिक पुगेको हो । राष्ट्र बैंकले व्यापार घाटा १३ प्रतिशतले बढेर ३ खर्ब ९७ अर्ब ७९ करोड पुगेको जनाएको छ । मंसिर मसान्तसम्म ४ खर्ब ३१ अर्ब ४९ करोडका सामान आयात गरिएका छन् भने ३३ अर्ब ७० करोडका सामान निर्यात गरिएका छन् ।

समीक्षा अवधिमा भारतबाट भएको आयात १३ दशमलव २, चीनबाट भएको आयात १ दशमलव ४ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८ दशमलव ९ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, सुन, एम.एस विलेट, पोलिथिन ग्रेनियुल्स लगायत वस्तुको आयात बढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);