लगातार दोस्रो महिना मुलुक घाटामा | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

काठमाडौं, ४ माघ । आयको तुलनामा व्यय धेरै भएपछि मुलुकको बाह्य क्षेत्र लगातार दोस्रो महिना पनि घाटामा गएको छ । चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांकअनुसार मुलुकको शोधनान्तर स्थिति ९ अर्ब २७ करोड रुपैयाँले नकारात्मक बनेको हो ।

व्यापार घाटा उच्च रूपमा बढ्नु तथा रेमिट्यान्स आय घट्नुले मुलुकको शोधनान्तर स्थिति घाटामा गएको हो । समीक्षा अवधिमा मुलुकको व्यापार घाटा १३ प्रतिशतले बढेको छ भने रेमिट्यान्स आय ०.८ प्रतिशतले घटेको छ । आयात १२.८ प्रतिशतले बढ्दा निर्यात वृद्धिदर १० प्रतिशत मात्रै रहेको छ ।

पर्यटन आय ३० प्रतिशतले बढेको भए पनि नेपालीले विदेश भ्रमणमा गरेको खर्च पनि २५।३ प्रतिशतले बढेको छ । बाह्य क्षेत्रका अधिकांश सूचकांक नकारात्मक देखिएका कारण मुलुक घाटामा गएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंककाअनुसार अघिल्लो वर्षको पाँच महिनामा ३ अर्ब ४९ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा ४१ अर्ब ९५ करोड रुपैयाँले घाटामा रहेको छ । यसैगरी, अघिल्लो वर्षको पाँच महिनामा २८ अर्ब ७८ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा ९ अर्ब २७ करोड रुपैयाँले घाटामा रहेको हो ।

व्यापार घाटा ४ सार्बनजिक
चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालको कुल वैदेशिक व्यापार घाटा झन्डै ४ खर्ब पुगेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक व्यापार घाटा १३ प्रतिशतले बढेर ३ खर्ब ९७ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो । यस अवधिमा नेपालको निर्यात १० प्रतिशतले बढेर ३३ अर्ब ७० करोड पुगेको छ ।आजको नयाँ पत्रिकामा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);