आरबीबी मर्चेन्ट बैकिङको कार्यक्षेत्र विस्तार र चुक्ता पुँजी वृद्धि गर्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आरबीबी मर्चेन्ट बैकिङको कार्यक्षेत्र विस्तार र चुक्ता पुँजी वृद्धि गर्ने निर्णय

काठमाडौं,४ माघ । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैकिङले कार्यक्षेत्र विस्तार र चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको छ । कम्पनीको दोस्रो साधारण सभाले यस्तो निर्णय गरेको हो । धितोपत्र बोर्डले २०७५ असार मसान्तसम्ममा मर्चेन्ट बैंकिङको चुक्ता पुँजी २० करोड रुपैयाँ पु¥याउनुपर्ने बाध्यकारी व्यवस्था गरेपछि आरबीबीले पनि सोही निर्देशन पालना गर्न पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको हो ।

हाल आरबीबीको चुक्ता पुँजी १० करोड रुपैयाँ मात्र छ । आरबीबी मर्चेन्ट बैंकिङका कार्यकारी प्रमुख डा. रमेशकुमार भण्डारीले मर्चेन्ट बैंकिङ व्यवसायमा देशभरका सर्वसाधारणको पहुँच विस्तार गर्ने योजना रहेको भन्दै अहिले राष्ट्रिय वाणिज्य बैंकको देशभरका शाखाबाट हितग्राही खाता खोल्ने सुविधा प्रदान गरिएको जानकारी दिए ।

कम्पनीले निकट भविष्यमै लगानी व्यवस्थापन योजना र सामूहिक लगानी कोष योजना सञ्चालन गर्ने लक्ष्य लिएको छ । साथै, ठूला तथा मध्यम औद्योगिक व्यासायिक आयोजनाहरु निर्माण गर्न आवाश्यक पर्ने पुँजीको व्यवस्थापन र परामर्शदाताको काम गर्ने योजना रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);