आइपीओमा लगानी गर्न इच्छुकहरुलाई डिम्याट खाता खोल्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

आइपीओमा लगानी गर्न इच्छुकहरुलाई डिम्याट खाता खोल्न आग्रह

IPO-logo_721_420_80_s_c1

रसुवागढी ,४ माघ ।  हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओमा लगानी गर्न इच्छुकहरुलाई डिम्याट खाता खोल्न आग्रह गरेको छ । कम्पनीले धितोपत्र बोर्डको नियम अनुसार आस्वा प्रणालीमार्फत सेयरमा आवेदन दिन डिम्याट खाता अनिवार्य रहेको हुँदा आइपीओमा लगानी गर्न चाहनेलाई अनुरोध गरेको हो ।

रसुवागढीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारी, नेपाल विद्युत प्राधिकरण तथा चिलिमे हाइड्रोपावरका कर्मचारी, रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीलाई १ करोड ६४ लाख २१ हजार ४० कित्ता आइपीओ निष्कासन गर्दैछ । आइपीओमा लगानी गर्न इच्छुक जो कोहीले आस्वा सेवा लागू भएका सम्बन्धित बैंक तथा वित्तीय संस्था वा संगठित संस्थामा गएर डिम्याट खाता खोल्नुपर्नेछ ।

यो आइपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ, एनआइबीएल, सनराइज र ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);