आजदेखि आशा लघुवित्तको आइपीओ खुल्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आजदेखि आशा लघुवित्तको आइपीओ खुल्दै

ipo

काठमाडौं, १८ माघ ।  आशा लघुवित्त वित्तीय संस्थाको आजदेखि ६ लाख ७४ हजार कित्ता आइपीओ बिक्री खुल्ने भएको छ ।

जसमा १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आशाको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ३७० कित्ता भर्न मिल्नेछ । आइपीओ भर्ने अन्तिम म्याद माघ २२ गतेसम्म हुनेछ । यस अवधिमा सबै सेयर नबिकेमा फागुन १९ गतेसम्म भर्न सकिनेछ ।

लगानीकर्ताले सी–आस्वाको माध्यबाट आवेदन दिनुपर्नेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);