हाम्रो विकास बैंकको साधारणसभा सताञ्चली होटलमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

हाम्रो विकास बैंकको साधारणसभा सताञ्चली होटलमा सुरु

hamro bikash bank

काठमाडौं,४ माघ । हाम्रो विकास बैंकको विशेष साधारण सभा बुधबार नुवाकोटको विदुर–२ बट्टार स्थित सताञ्चली होटलमा सुरु भएको छ । सभामा बैंकले कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पेश गरेको छ ।

हाल नुवाकोट जिल्लालाई मात्र कार्यक्षेत्र बनाएको यस विकास बैंकले अब कार्यक्षेत्र विस्तार गरी अन्य जिल्लामा पनि काम गर्ने योजना बनाएको हो । त्यस्तै, बैंकले सञ्चालक र व्यावसायिक सञ्चालकको संख्या, कार्यकाल र नियुक्ति सम्बन्धी व्यवस्थामा आवश्यक संशोधन गर्न अर्को विशेष प्रस्ताव पनि गरेको छ ।

सभामा विकास बैंकको उद्देश्य प्राप्तिका लागि गरिने काम थपका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गराइने भएको छ । हाल हाम्रो बैंकको चुक्ता पुँजी ४५ करोड ८७ लाख ५० हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ करोड ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७८ पैसा रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ६३ पैसा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);