राधी विद्युत कम्पनीको आइपीओ बुधबार बाँडफाँट | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राधी विद्युत कम्पनीको आइपीओ बुधबार बाँडफाँट

radhi bidhut company

काठमाडौं,४ माघ । राधी विद्युत कम्पनीको आइपीओ बुधबार बाँडफाँट भएको छ । यो आइपीओमा गोलाप्रथाबाट ७१ हजार १०२ जना आवेदकले १० कित्ता सेयर हात पारेका छन् भने १ जना आवेदकको भागमा ११ कित्ता सेयर परेको छ ।

यो आइपीओमा कुल १ लाख ६६ हजार ३१७ जनाले आवेदन दिएका थिए । यसमध्ये १३ सय २७ आवेदन रद्द भएका छन् । राधीले पुस ३ देखि ६ गतेसम्म ७ लाख ६४ हजार ५५० कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये कर्मचारीलाई २५ र सामूहिक लगानी कोषहरुलाई ५५ कित्ता सेयर छुट्याएपछि बाँकी रहेको ७ लाख ११ हजार ३१.५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिएको हो ।

राधी जलविद्युत आयोजना लमजुङ जिल्लामा पर्छ । यसअघि राधीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ४ लाख १० हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ । कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ र जारी पुँजी ४१ करोड रुपैयाँ छ । जारी पुँजीमध्ये ३० करोड ७५ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);